प्रि ओपन सेसनमा आज पनि हरियो संकेत, १४ कम्पनीको शेयरमूल्य वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.१७ अंक बढेर २३७६.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९९ अंक बढेर २३८०.१६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०७ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २४ स्टकको ३ लाख २४ हजार १९४ रुपैयाँ २० पैसा बराबरको १ हजार २०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया