काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिना सम्मा ११ करोड ८३ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १३.०१ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १.४ प्रतिशतले घटेर १५ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३२.२३ प्रतिशतले बढेर २५ करोड ४९ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १९ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ४१ करोड ४५ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३८.०७ रुपैयाँ, पीई रेसियो ३४.४१ गुणा, प्रतिसेयर नेटवर्थ १५३.८६ रुपैयाँ र तरलता अनुपात ३.७७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया