काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा १७ करोड ४९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १८.६४ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले १४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा संस्थाको सञ्चालन मुनाफा २७।२७ प्रतिशतले बढेर २७ करोड ७७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २१ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४५.०१ प्रतिशतले बढेर ४२ करोड ५४ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी २९ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ५२ करोड २० लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा ५ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ४ अर्ब २२ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
यो अवधिमा संस्थाको रिजर्भको आकार ६४.०७ प्रतिशतले बढेर ४२ करोड ०४ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २५ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया