काठमाडौं - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २७ करोड ३६ लाख रुपैयाँ सापटी लिई २ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ३५ करोड ७६ लाख रुपैयाँ सापटी लिई ९५ लाख १९ हजार रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले २६ करोड ५९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ५१.७० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाले १७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ५२.३१ प्रतिशतले बढेर ३७ करोड ९७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २४ करोड ९३ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४५.०५ प्रतिशतले बढेर ४४ करोड ७० लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३० करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा संस्थाको रिजर्भको आकार ८.१५ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया