९ महिनामा मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा १० अर्ब ९९ करोड सापटी, कर्जा लगानी १६ अर्ब २४ करोड

४ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १० अर्ब ९९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ९ अर्ब ९८ करोड रुपैयाँ सापटी लिई १२ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

यस्तै सोही अवधि सम्ममा संस्थाले ३४ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिको तुलनामा १५।२० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १५.९० प्रतिशतले बढेर ५४ करोड १० लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४१.६० प्रतिशतले बढेर ८० करोड ९१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५७ करोड १४ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३७।९५ रुपैयाँ, पीई रेसियो २५.९० गुणा, प्रतिसेयर नेटवर्थ १६०.४१ र तरलता अनुपात १.२२ प्रतिशत रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया