१ लाख २४ हजार बढि नगदसहित तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - जुवा तास खेलिरहेको अवस्थामा १ लाख २४ हजार बढि नगदसहित ९ जना पक्राउ परेका छन् । 

कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जुवा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ गरेको कास्कीले जनाएको छ । 

पक्राउ पर्नेमा पोखरा २ अर्चलबोटका रामबहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेकबहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिवप्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापा रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया