काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको हकप्रद शेयरमा आसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई आज बैंकिङ समय भित्र हकप्रदमा आवेदन गरिसक्न भनेको हो ।
कम्पनीले गत चैत २५ गतेदेखि १ अर्ब ८ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता अर्थात ३९.३६ प्रतिशतको अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन गरेको हो ।
चैत १३ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते सेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो ।
प्रतिक्रिया