यूनियन लाइफ इन्स्योरेन्सद्धारा २१ लाख १२ हजार मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी रकम  भुक्तानी गरेको छ । 

कम्पनीको इटहरी शाखाले इटहरी नगरपालिका वडा नंवर २० सुनसरीका ४० बर्षिय भारत गिरीको मृत्यु दावी बापत उनका हकवाला निलम गिरीलाई २१ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

२०७६ पौष २९ मा २० बर्षको लागि विमाङक २० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका गिरीको कोभिड १९ को कारण मृत्यु भएको थियो ।

मृतक गिरीले २ किस्ता वापतको रकम रु १ लाख ९४ हजार ७ सय ४८ रुपैयाँ मात्र बुझाएका थिए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया