काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बैंशाख १६ देखि बैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले बैशाख २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले लैनचौर ब्यान्क्वेटमा सभा गर्ने जनाएको छ । कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्युवाट पेश हुने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनूसूचीहरु पारित गर्नेछ ।
प्रतिक्रिया