काठमाडौं,नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस सापकोटा नियुक्त भएका छन्।
बुधबारदेखि लागू हुने गरी फोनपेको सञ्चालक समितिले सापकोटालाई सीईओमा नियुक्त गरेको हो।
सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए। उनी यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध थिए।
एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ।
प्रतिक्रिया