अपि पावरको हकप्रद शेयरमा झन्डै ६७ लाख कित्ताका लागि आवेदन,आवेदन दिने भोलि अन्तिम दिन

४ बर्ष अगाडि

 काठमाडौं, अपि पावर कम्पनी लिमिटेडको  हकप्रद शेयरमा करिब ६७ लाख कित्ताका लागि आवेदन परेको छ । 

सीडिएसका अनुसार कम्पनीको हकप्रद शेयरमा बुधबार साँझ ५ स्२० बजेसम्ममा १ लाख २ हजार ७ सय १६ जनाले ६८ करोड ८६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ६८ लाख ८६ हजार २ सय ८६ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले चैत्र २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया