५८१९ जनाको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि, करिब १ लाख २४ हजारले लगाए खोप र सक्रिय संक्रमित कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८१९ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १७ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५१ जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले २५२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा १ लाख २३ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया