नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गीकरण पुनरावलोकन,कुन कम्पनी कुन समूहमा ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण पुनरावलोकन गरेको छ। 

नेप्सेको आज (वैशाख १४ गते)को निर्णयबमोजिम सूचीकृत संगठित संस्थाको वर्गीकरणमा पुनरावलोकन गरिएको हो। जसअनुसार ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ समूहमा राखेको छ। 

यसअघि गत चैत ६ गते गरिएको वर्गीकरणमा यी दुवै कम्पनीलाई नेप्सेले ‘जेड’समूहमा राखेको थियो। 

गत चैत ६ गते कम्पनीहरुको वर्गीकरण सार्वजनिक गर्दै नेप्सेले ३५ दिनभित्र आफू उक्त वर्गीकरणमा पर्नुपर्ने दाबीसहितको आवेदन माग गरेको थियो। जसअनुसार आवेदन दिएका यी दुवै कम्पनीको वर्गीकरण पुनरावलोकन गरेको हो। 

नेप्से अन्य कम्पनीहरुको वर्गीकरण भने यथावत नै राखेको छ। 

चैत ६ गते गरिएको कम्पनीहरुको वर्गीकरण सूची

४ बर्ष अगाडि

प्रतिक्रिया