ग्रामीण विकास लघुवित्तको सीईओमा श्यामकुमार कटुवाल

४ बर्ष अगाडि

काठमाडौं, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्यामकुमार कटुवाल नियुक्त भएका छन् । 

वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले कटुवालालाई सीईओमा नियुक्त निर्णय गरेको हो। 

कटुवाला वैशाख १४ गते आजदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । 

नवनियुक्त सीईओ कटुवाललाई आज अर्थ मन्त्रालयमा जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बरुवालले पद तथा गोपनीयताको सपथ गराएका छन्। । 

यसअघि कटुवाल सोही संस्थामा १ वर्ष ९ महिना कायममुकायम सीईओका रुपमा काम गरेका थिए। अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करिब २८ वर्षभन्दा बढीको कार्यानुभव छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया