काठमाडौं- भारतको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी)को आईपीओ मे ४ बाट निष्कासन हुने भएको छ।
भारु २१ हजार करोड बराबरको सो आईपीओमा लगानीकर्ताले मे ९ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन्।
यसअघि भारत सरकारले मुलुकको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको ५ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थियो। तर, पछि आईपीओमार्फत कम्पनीको ३.५ प्रतिशतमात्रै सेयर बिक्री गर्ने भारत सरकारले निर्णय गरेको छ।
यो आईपीओमा कम्पनीका बीमितहरुलाई भारु ६० छुट दिने निर्णय भारत सरकारले गरेको छ। –एजेन्सी
प्रतिक्रिया