बुधबार शेयर बजारमा हरियो संकेत, कारोबार रकम भने १ अर्बमा नै सिमित

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन आज (बुधबार) शेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १५ अंकले घटेको बजारमा आज भने हरियो संकेत देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.२२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.६१ अंकले बढेर ४५४.५६ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रूपैयाँको कारोबार भएको छ । 

 कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमुह घटेको छ भने बाँकी ९ उपसमुहको शेयर बढेका छन् । 

आज अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३ सय ३२ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ३८ रुपैयाँ ८० पैसा पुगेको छ । 

त्यस्तै आज सानिमा इक्विटीको शेयरमूल्य सर्वाधिक घटेको छ । आज इक्विटीकोको मूल्य ३.८८ प्रतिशतले घटेर प्रतिकित्ता १२ रुपैयाँ ८७ पैसामा झरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया