काठमाडौं, सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर जेठबाट लागू हुने व्यवस्था गरेको छ । कार्यालय समय बिहान साढे नौं बजेदेखि साँझ साढे ५ बजेसम्म हुने छ। शुक्रबार आधा दिन छुट्टि हुने छैन। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
देशको शोधनान्तर घाटा एकदमै बढेर विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको वस्तु तथा आयात धान्न मात्र पर्याप्त भएपछि सरकारले मितव्ययीता स्वरुप इन्धन खपत कम गर्न दुई दिन बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया