प्राइम कमर्सियल बैंकको ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ बाँडफाँड

४ बर्ष अगाडि

काठमाडौं, प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र वैशाख १२ गते बाँडफाँड भएको छ । बैंकले चैत १६ गतेदेखि ३० गतेसम्म ऋणपत्र विक्री गरेको थियो । 

बैंकले १० वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो । 

कुल कित्ता ऋणपत्रमध्ये बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विक्री गरेको थियो भने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता छुट्याई बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।

बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्कासन गरेको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया