काठमाडौं-कारोबार चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १५.०२ अंक घटेर २३७१.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २।११ अंक बढेर २३७३.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२८ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १७ स्टकको ४ लाख ८३ हजार ८७७ रुपैयाँ २० पैसा बराबरको ८८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। यस्तै, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया