हकप्रद निष्काशन गर्न नेपाल फाइनान्सले तोक्यो बुकक्लोज, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्न सेयर दाखिल खारेजी ९बुकक्लोज० तोकेको छ ।

फाइनान्सले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता ९१ बराबर ०।७०० अनुपातमा हकप्रद निष्काशन गर्न बैशाख २१ गते बुधबार बुकक्लोज मिति तोकेको हो ।

बुकक्लोज अनुसार बैशाख २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०।७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया