हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही, आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का

४ बर्ष अगाडि

काठमाडौं - मर्जर तोडेको भन्दै नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति गरेका ती दुई बैंक करिव एक वर्षमा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार, दुवै बैंकलाई यथाशीघ्र अरु कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान पनि भनेको छ । ती दुवै बैंक अब अर्को बैंकसँग मर्जर वा एक्विजिसनमा जानु पर्ने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया