काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाले २ अर्ब १२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
यस्तै संस्थाले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिको तुलनामा ४९.९८ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ३७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५१.२० प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३६ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा २ अर्ब १२ करोड रुपैयाँ संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.५७ र तरलता अनुपात ८.३५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया