शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार बढी कित्ता लिलामीमा सेयर आजबाट आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार बढी कित्ता सेयर आजबाट लिलामीमा राखिएको छ । बैंकको संस्थापक समूहको ४५ हजार ९९१ कित्ता सेयर लिलामीमा राखिएको हो । 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ ।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र यही वैशाख २२ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया