म्यानचेस्टर सिटीद्धारा रियल मड्रिडमाथि ४ गोल

३ बर्ष अगाडि

एजेन्सी - च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस टोली म्यानचेस्टर सिटीले जित हात पारेको छ । घरेलु टोली सिटीले गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि ४–३ को जित हात पारको हो ।  

इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन केभिन डि ब्रुएन, गाब्रियल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एकरएक गोल गरे । रियलका लागि करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै ब्रुएनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ११ औं  जेससले घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३३ औं मिनेटमा बेन्जेमाले खेललाई २–१ को अवस्थामा ल्याए । ५३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–१ ले अघि बढाए । 

५५ औं मिनेटमा जुनियरले गोल गरेपछि  खेल ३–२ को अवस्थामा आयो । ७४ औं  मिनेटमा सिल्भाले सिटीका लागि चौथो गोल गरे । ८२ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत व्यत्तिगत दोस्रो गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा सिटीले ४–३ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

३ बर्ष अगाडि

प्रतिक्रिया