९ महिनामा जीवन बीमा कम्पनीहरुद्धारा  १ खर्ब २ अर्ब ४२ करोड बढि बीमाशुल्क संकलन, निर्जीव बीमा कम्पनीको २८ अर्ब बढी

४ बर्ष अगाडि

काठमाडौं - १९ ओटा जीवन बीमा कम्पनीहरूले चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यस अवधिसम्म सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । सो कम्पनीले २६ अर्ब ३७ करोड ३५ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै सोही अवधिमा निर्जीव बीमा कम्पनीहरूले २८ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूले ९ महिनासम्ममा २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । 

त्यसैगरी यी कम्पनीहरूले चैत महिनामा मात्रै ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया