बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब रुपैयाँ बाहिरियो

४ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब रुपैयाँ बाहिरिएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख १२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १६ अर्ब रुपैयाँ निक्षेप घटेको हो । योसँगै कुल निक्षेप ४९ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ । गत वैशाख ११ गतेसम्म कुल निक्षेप ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

एकैदिन वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ । गत वैशाख ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६६ अर्ब रुपैयाँ रहेकोमा वैशाख १२ गते घटेर ४३ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको हो ।

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरु थप २ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । गत वैशाख ११ गतेसम्म  बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा वैशाख १२ गते बढेर ४७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया