राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब बढी लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र फाइनान्समा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि वैशाख २० गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ ।

यस्तो लगानी २०७९ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ । यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया