काठमाडौं - कुमारी बैंकले रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत तरमा नियुक्त गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
खनाल चार्डर्ड एकाउन्टेन्ट हुन् । खनालले गत माघ २५ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंक गत असारदेखि प्रमुख कार्यकारी अधिकृत विहिन थियो ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी गत असार ३१ गते ४ वर्षे कार्यकारी पुरा गरेर अवकास भएका थिए ।
प्रतिक्रिया