काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजार ओरालो लागेको छ । हिजो अर्थात सोमबार करिब ३५ अंकले ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज पनि दोहोरो अंकले घटेको छ ।
कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्से परिसुचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा पुगेको हो ।
घटेको बजारमा हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा बढी घटेको छ । कम्पनीको शेयरमूल्य ५.४१ प्रतिशत घटेर प्रतिकित्ताको मूल्य रु.४२० पुगेको छ ।
यस्तै, मल्टिप्रपोज फाइनान्सको ५.०३ प्रतिशतले घटेर रु.३४०,युनाइटेड इर्दी मर्दीको ४.०२ प्रतिशतले घटेर रु.८५९,माहुली लघुवित्तको ३.७३ प्रतिशतले घटेर रु १२९० र सामुदायिक लघुवित्तको शेयरमूल्य ३.४४ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.१३१० पुगेको छ ।
प्रतिक्रिया