काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि शेयर बजार ओरालो लागेको छ । हिजो अर्थात सोमबार करिब ३५ अंकले ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज पनि दोहोरो अंकले घटेको छ ।
कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्से परिसुचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २२८ कम्पनीको १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैंया बराबरको शेयर कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको हो । कम्पनीको ४ करोड २१ लाख बढीको शेयर कारोबार गरेको छ ।
यस्तै, अपि पावरको ४ करोड ६ लाख,नेष्डो समृद्धि लघुवित्तको ३ करोड ५ लाख, अरुण भ्यालीको २ करोड ९२ लाख र हिमालयन डेष्टिलेरीको २ करोड ८५ लाख बढीको शेयर बराबर भएको छ ।
प्रतिक्रिया