महुली लघुवित्तको नाफा साढे ७ करोड बढी, प्रतिशेयर आम्दानी रु.३६.०७ हुदाँ अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौंं- महुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक गरेको छ । 

वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ६३ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले बढी हो ।कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ६८ लाख नाफा कमाएको थियो । 

 गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी ४० प्रतिशत र सञ्चालन नाफा १२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको चुक्ता पूँजी २८ करोड २१ लाख रहेको छ भने तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २६ करोड ५४ लाख सञ्चित गरेको हो । यस अवधिमा कम्पनीले २ अर्ब १३ करोड ७८ लाख सापटि लिएर, १ अर्ब ५४ करोड निक्षेप संकलन गरेर ४ अर्ब २४ करोड कर्जा लगानी गरेको हो ।

चालू आथिृक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ०७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४२ गुणा ,तरलता अनुपात ९ दशमलव ३४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ०९ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया