९० प्रतिशत लाभांश प्रस्तावसहित केसी एल डेभलपर्सले डाक्यो साधारण सभा, कहिले र कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, केसी एल डेभलपर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीले सभा आउँदो जेठ ४ गते हुने जनाएको छ । सभा  दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय कामनापा १ हात्तिसारमा हुने जनाएको छ ।

सभाले ९० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया