काठमाडौं- एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार फण्डले चैतमसान्त सम्ममा ३ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ । फागुन मसान्तसम्ममा पनि उक्त फण्ड रू। १ करोड ४३ लाख नोक्सानीमा थियो ।
चैत महीनामा खर्चमा वृद्धि भएको र जम्मा आम्दानी २ करोड ७६ लाख ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो ।
फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी १२.११ रुपैंया रहेकोमा चैत मसान्तसम्ममा ११.६८ रुपैंया कायम भएको छ ।
फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा २७ करोड ६६ लाख लगानी गरेकोमा चैत मसान्तसम्ममा बढेर २९ करोड ४१ लाख पुगेको छ।
प्रतिक्रिया