एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १० अर्बले घट्यो, कर्जा लगानीमा पनि गिरावट

४ बर्ष अगाडि

काठमाडौं, वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पछिल्लो एक सातामा वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको देखाएको हो। 

एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। 

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत वैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया