सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्नो नाममा रहेको १२६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १९५ रुपैयाँ तोकेको छ । यसअनुसार इच्छुक खरिदकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक विद्यमान सस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय गैह्रिधारा स्थित, शेयर रजिष्ट्री विभागमा लाहाछाप सहितको शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया