काठमाडौं- आज गभर्नर महाप्रसाद अधिकारी र उनलाई निलम्बन गर्ने सरकारी पक्ष दुवै सर्वोच्च अदालत जाँदैछन् ।
अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पुर्याएको गभर्नर पदबाट निलम्बन गर्न छानविन समिति बनाएका थिए ।
आफू निलम्बित भएपछि गभर्नरले सर्वोच्च अदालतमा रिटमार्फत अल्पकालीन अन्तरिम आदेश जारी गराएर काममा फर्कन सफल भएका थिए । अदालतले दुवै पक्षलाई आज बैशाख १३ गते विस्तृत छलफलको लागि बोलाएको हो । गभर्नर अधिकारीको निलम्बनले मौद्रिक नीतिको त्रैमासिक समीक्षालगायत अन्य महत्वपूर्ण कार्यहरु प्रत्यक्ष प्रभावित भएको छ ।
प्रतिक्रिया