फरवार्ड माइक्रोफाइनान्सका सिइओ चौधरीले दिए राजिनामा

४ बर्ष अगाडि

काठमाडौं, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)आशनारायण चौधरीले राजिनामा दिएका छन् ।

उनले आफ्नो घरायसी कारण देखाई राजिनामा दिएका हुन् । कम्पनीको वैशाख १२ गते बसेको संचालक समितको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै सोही बैठकबाट नै अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका सहायक महाप्रबन्धक कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया