काठमाडौं, नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजीव सुब्बा नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सुब्बा सीओओमा नियुक्त भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गर्नुका साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ। नेपाल प्रहरीको पूर्वडीआईजी सुब्बाले प्रहरीको सञ्चार निर्देशनालयको प्रमुख भएर समेत काम गरिसकेका छन्। नेपाल प्रहरीमा नयाँ–नयाँ सञ्चार तथा सूचना प्रविधि भित्र्याउनुका साथै नेपाल प्रहरी संचारलाई डिजिटाइजेसन गर्न उनको महत्वपूर्ण योगदान रहेको छ।
सुब्बा हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरका रुपमा समेत काम गरिरहेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ।
नवनियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सी
प्रतिक्रिया