काठमाडौं- सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँट यही साता हुने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार बिहीबार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँटबाट हुनेछ । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको थियो । जसमा ३६ हजार ९४८ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।
यसमा कुल २२ लाख ८४ हजार ८४९ जनाले २ करोड ५७ लाख ६१ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
प्रतिक्रिया