इमर्जिङ्ग नेपालको प्रतिशेयर आम्दानी घटेर रु.१.९०, नाफा पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं, इमर्जिङ्ग नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। 

वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७८ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६.५० प्रतिशत घटेको छ भने अन्य श्रोतबाट हुने आम्दानी ११९.६३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको अन्य प्रशासनिक खर्च ७ लाख १० हजार रुपैयाँबाट बढेर ८७ लाख ८७ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११.११ प्रतिशतले ५५ करोड ५६ लाख रहेको छ । कोष ४८.६३ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। कम्पनीको यस्तो आम्दानी समीक्षा अवधिमा ३९ पैसा घटेर १ रुपैयाँ ९० पैसामा झरेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी घटेर १ रुपैंया ९० पैसा रहेको छ । यस्तै,प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१३.६८ गुणा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया