सिन्धु विकास बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी रु.८.५३ हुदाँ अन्य सूचकको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं- सिन्धु विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक गरेको छ । 

 कम्पनीले चालू आर्थिक वर्षको ९ महिना सम्मको अवधीमा ४ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ५६ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको छ । खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ८ प्रतिशत र सञ्चालन नाफा २१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो ।

त्यसैगरी कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रहेको छ । चालू आर्थिक ववर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ११ करोड ६९ लाख सञ्चित गरेको छ । चालू आवमा कम्पनीले ४ अर्ब ४० करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४८ करोड कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर १० रुपैयाँ ३६ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया