काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार फेरी दोहोरो अंकले घटेको छ । हिजो अर्थात आइतबार ९५.५२ अंक बढेर २४२०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा झरेको छ ।
घटेको बजारमा सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी घटेको छ । कम्पनीको शेयरमूल्य ५.३३ प्रतिशत घटेर प्रतिकित्ताको मूल्य रु.३५५ पुगेको छ ।
यस्तै, रसुवागढी हाइड्रोपावरको ४.८० प्रतिशतले घटेर रु.३३७,न्यादी हाइड्रोपावरको ४.७२ प्रतिशतले घटेर रु.४००,सामलिङ्ग पावरको ४.४६ प्रतिशतले घटेर रु.५१२.१० र गोर्खाज फाइनान्सको शेयरमूल्य ४.३४ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२८.१० पुगेको छ ।
प्रतिक्रिया