हिजो सकरात्मक चमक आएको शेयर बजार आज करिब ३५ अंकले घट्यो,कारोबार रकममा पनि गिरावट

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार फेरी दोहोरो अंकले घटेको छ । हिजो अर्थात आइतबार ९५.५२ अंक बढेर २४२०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा झरेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको कारोबार भएको बजारमा यस दिन २३९ स्टकको ४६ हजार ४०१ पटकको कारोबारमा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको ५० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक क्रमशः ०.१३ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको ०.८२ प्रतिशत बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको सेन्ट्रल फाइनान्सको शेयरमूल्य ५.३३ प्रतिशत घटेको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया