काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार फेरी दोहोरो अंकले घटेको छ । हिजो अर्थात आइतबार ९५.५२ अंक बढेर २४२०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा झरेको छ ।
दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ४ करोड २२ लाख बढीको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ अरुण भ्यालीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ११ लाख बढीको कारोबार भएको हो ।
यस्तै,शिवम् सिमेन्टको ६ करोड ६२ लाख,हिमालयन डेस्टिलेरीको ६ करोड ४३ लाख,अपि पावरको ५ करोड ६८ लाख र एनआईसी एसियाको ५ करोड ३८ लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया