काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवामा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले भरतपुरमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एन्ड बारमा बसाइ र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
प्रतिक्रिया