काठमाडौ - किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा राजेश भण्डारी चयन भएका छन् । बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई चयन गरेको हो ।
यसअघिका सञ्चालक मनोज न्यौपानेले सञ्चालक समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत गरी रिक्त रहेको पदमा भण्डारीलाई मनोनित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया