काठमाडौं - ६ लाख ४१ हजार नगदसहित सात जना जुवाडे पक्राउ परेका छन् । आइतबार मोरङको ग्रामथान गाउँपालिका(४ कटहराबाट सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका-६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका-२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका-६ का ४४ वर्षीय सन्तोष थापामगर, मोरङ ग्रामथान-५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान-४ का ४७ वर्षीय सत्यनारायण राजवंशी रहेका छन् ।
पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।
प्रतिक्रिया