अपर सोलु हाइड्रो इलेक्ट्रीकले पायो ३३ करोड ७ लाख ५० हजारको आईपीओ निष्कासनको अनुमति

४ बर्ष अगाडि

काठमाडौं - अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उक्त कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दा र आम सर्वसाधारणको लागि कुल ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले २०७७ चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो । निजी लगानीबाट प्रवद्धित कम्पनीले जारी पूँजी १ अर्ब ३५ करोड रुपैयाँको २५४।५० प्रतिशत बराबरको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया