ललितपुर - ललितपुरको मलपोखरीस्थित एक फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको छ ।
ललितपुर महानगरपालिका - ३ मलपोखरी अफनडोलस्थित निशु फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो बिहान सवा पाँच बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो । आगलागीबाट करिब ७ करोडको क्षति भएको प्रारम्भीक अनुमान गरिएको बताइएको छ ।
प्रतिक्रिया