काठमाडौं - नेपालमा ११ वटा वाणिज्य बैंक मात्र आवश्यक रहेको एक अध्ययनको क्रममा देखिएको छ ।
नेपाल राष्ट्रबैंकको रिसर्च डिपार्टमेन्टले गरेको एक अध्ययनमा नेपालजस्तो सानो अर्थतन्त्रका लागि वाणिज्य बैंकहरुको संख्या ११ देखि अधिकतम १५ वटा उपयुक्त हुने देखिएको हो ।
यो क्रममा न्यूनतम ११ वटा संख्या अति उत्तम हुने र बढाउनै परे १५ वटासम्म राख्न सकिने बहुमत सहभागीहरुले मत जाहेर गरेका छन् । रिसर्चमा १४० बैंक तथा वित्तीय संस्था र ९० विज्ञ सहभागी थिए ।
रिसर्चमामा सहभागी आधाभन्दा बढी विज्ञ तथा सरोकारवालाहरुले नेपालका लागि वाणिज्य बैंकको संख्या घटाउनुपर्ने सुझाव दिएका छन् ।
हाल वाणिज्य बैंकको संख्या २६ वटा रहेको छ । केही मर्जर प्रक्रियामा रहेका कारण यो संख्या अझै घट्नसक्ने देखिन्छ ।
प्रतिक्रिया